८ महिनाकी छोरीलाई बलात्कार

चितवन , चैत २२

नवलपरासी जिल्लामा ८ महिनाकी छोरीलाई बलात्कार गरेको आरोपमा एकजना पक्राउ परेका छन् । नवलपरासी (बर्दघाट सुस्ता पुर्बको ) गैंडाकोट नगरपालिका वडा नम्बर ९ थुम्सीका ३० बर्षका पुरुषले आफ्नै नाबालिका छोरिको बलात्कार गरेको भन्दै प्रहरीले पक्राउ गरेको हो । घरमा कोहि नभएको बेला उनले ८ महिनाकी दुधे वालिकाको बलात्कार गरेको प्रहरीले जनाएको छ । घटना सोमबार भएको र बलात्कार गर्ने पुरुषलाई प्रहरीले मंगलबार पक्राउ गरि बुधबार मुद्दा दर्ता गरेको छ । पिडित बालिकाको आमाको जाहेरीको आधारमा प्रहरीले बलात्कार गरेको आरोपमा बुवालाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय गैंडाकोटका प्रहरी निरीक्षक दिवश कुमार जि सि ले जानकारी दिनुभयो । ती पुरुष लागुऔषध दुर्व्यवसनीमा फसेको जनाइएको छ । उनलाई हाडनाता करणी उद्योग मुद्दामा म्याद थप गरि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । पीडित बालिकाको स्वास्थ्य अवस्था नाजुक रहेको र चितवनको एक अस्पतालमा उपचार भइरहेको छ ।