३ करोड जनतालाई हेप्नी ! सरकार १० अर्ब खै ? (फोटो फिचर)

३ करोड जनतालाई हेप्नी ! सरकार १० अर्ब खै ? (फोटो फिचर)

कोरोना रोकथाम तथा नियन्त्रणमा सरकार गम्भीर नभएको भन्दै बुटवलमा युवाहरुले शान्तीपुर्ण विरोध गरेका छन् । स्वतस्फूर्त रूपमा सडकमा निस्किएका उनीहरूले सरकारले पिसिआर परिक्षणको दायरा बढाउन नसकेको, क्वारेन्टाईनलाई व्यवस्थित बनाउन तर्फ सरकार नलागेको, १० अर्ब भएको खर्च कहाँ भएको जस्ता प्ले कार्डसहित विरोधमा उत्रिएका थिए ।

बुटवलको बसपार्क, अस्पताललाईन, टार्फिकचोक सम्म लामबद्ध भएर युवाहरुले विरोध गरेका हुन । स्वतस्फूर्त निस्केको युवाको विरोध समूहबाट हुन सक्ने घटनालाई मध्यनजर गर्दै ठूलो संख्यामा प्रहरीसमेत परिचालन गरिएको थियो । विरोधमा सहभागि युवाले मुख छापेको डरले होइन, सरकारको लाचारीपनले हो, १० अर्ब खै, पिसिआर सबैको परिक्षण गर लगाएका प्ले कार्ड बोकेका थिए ।