२८ बर्षे जवानीमा सेलेनाः हेर्नुहोस् लठ्ठ पार्ने १५ तस्बिर !

२८ बर्षे जवानीमा सेलेनाः हेर्नुहोस् लठ्ठ पार्ने १५ तस्बिर !

बिश्व चर्चित गायिका सेलेना गोमेजको जुलाई २२ जन्मदिन हो। अागामि जुलाइ २२ मा उनि २८ बर्षमा लाग्दैछिन् । १५ वर्षको उमेरमै सबको नजरमा पर्न सफल भएकी उनले छोटो उमेरकै हन्डर पनि खाइन् भने ठुलो सफलता पनि पाइन ।

सुन्दरता र स्वारले संसारभरका करोडाै युवाहरूलाइ लठ्ठ पार्न सफल सेलेनाको करिअर राम्रै भयो। तर उनको प्रेम यात्रामा भने अवरोध आइरहे।

फेसन सेन्सका कारण उनलाई स्टाइलिस क्विनसमेत भनिन थाल्यो। बढ्दो उमेरसँगै उनको स्वभाव र बानीमा परिपक्वता भने देखिँदैआएको छ।

सेलेना गोमेज उमेरले सानै भए पनि ‘बोल्ड सङ’ दिन सक्ने गायिकाका रूपमा विश्वभरका दर्शकमाझ चर्चित छिन् । उनको आनीबानीलाई मिडियाले राम्रै स्थान दिइरहेका हुन्छन् । सेलेनाका फ्यान युवा नै बढी छन् । कन्सर्टमा उनले प्रस्तुति दिइरहँदा थामिनसक्नुको हुटिङ चलिरहेको हुन्छ ।

सेलेनाको स्वर, प्रस्तुति र शारीरिक सुन्दरता तीनवटै पाटा चर्चित छन् । त्यसैले पनि उनी सानै उमेरमा सफल ‘स्टार’का रूपमा स्थापित भइन् । आफूले गरेको कामप्रति विश्वास र प्रेम दर्शाउने बानीका कारण पनि असफल हुन नपरेको उनी बताउँछिन् ।

आफ्नो ‘प्रोफेसन’मा सेलेना निकै सजग छिन् । उनको पहिलो कर्तव्य श्रोता–दर्शकको अपेक्षा पूरा गर्नु नै हुन्छ । कर्तव्य के हो सोचेर त्यसैअनुसार काम गर्ने उनले एक अन्तर्वार्तामा बताएकी छिन् । ‘दर्शकसामु स्टेजमा जानुअघि म जैतुनको तेल पिउँछु,’ उनले भनेकी छिन्, ‘मेरा हजारौँ दर्शकलाई रमाइलो दिनुअघि मैले आवश्यक पूर्वतयारी गर्नैपर्छ ।’

हुन त जैतुनको तेल सेलेनालाई मन पर्दैन । तर, स्वरमा निखार ल्याउन उनी तेल पिउने गर्छिन् । ‘यसको स्वाद मलाई मन पर्दैन, तर गलाका लागि निकै राम्रो हुन्छ,’ सेलेनाले भनेकी छिन्, ‘केही थोपा जैतुनको तेल पिएपछि गला सफा हुन्छ र राम्रो स्वर आउँछ ।’

सेलेनाले बरुनो मार्स, ब्रिट्नी स्पेयर्स, रिहाना र स्क्रिलेक्सलाई आफ्नो गायनको आदर्श मान्छिन् । ‘मैले पहिलोपटक नौ वर्षको छँदा संगीत कार्यक्रममा भाग लिएकी थिएँ, ब्रिट्नी स्पेयर्सको प्रस्तुति थियो,’ उनले सम्झिन्, ‘मलाई याद छ, त्यही कार्यक्रमले मेरो जीवनमा संगीतको प्रकाश भरिदिएको थियो ।’