सिनर्जिको प्रोफेसनल पब्लिक स्पिकिंगको फाईनलमा सोनु अधिकारि

सिनर्जिको प्रोफेसनल पब्लिक स्पिकिंगको फाईनलमा सोनु अधिकारि

असार ०९, चितवनको पहिलो रेडियो सिनर्जी एफएम ९१.६ मेगाहर्जको आयोजनामा जारि प्रोफेसनल पब्लिक स्पिकिंगको फाइनलमा माडीकि सोनु अधिकारि पुगेकी छिन ।चितवन र नवलपरासीका विभिन्न बिधालयका ५०० भन्दा बढी प्रतिस्पर्धीलाइ पछि पार्दै अधिकारि टप १० भित्र परेकी हुन ।अधिकारीले यस अघि माडीमा भएको स्पिकिंगको समेत उपाधि जितेकी हुन । जनजीबन माध्यमिक बिधालयमा १० कक्षाको एसइइ दिएर बसेकी उनि माडी अडिसनमा छनोट भएकी थिइन् ।उनले टप ६०,टप ४०,टप २० हुदै फाइनलको यात्रा तय गरेकी हुन ।फाइनल भने यहि असार भित्र गरिने रेडियो श्रोतले बताएको छ ।बिजेताले १ लाख पाउदा उपविजेताले ५० हजार र तेस्रो हुनेले २५ हजार पाउने छन् ।