विज्ञ भन्छन्, ‘कोरोना भाइरस कहिल्यै पूर्ण निको हुँदैन’

विज्ञ भन्छन्, ‘कोरोना भाइरस कहिल्यै पूर्ण निको हुँदैन’

( एजेन्सी ) अमेरिकी राष्ट्रपति कार्यालय व्हाइट हाउसले निर्माण गरेको कोरोना भाइरस टास्क फोर्सका प्रमुख डा.एन्थोनी फाउचीले कोरोना भाइरसको कुनै खोप या प्रभावकारी औषधिको प्रयोग बिना पूर्ण रुपमा अन्त्य गर्न सम्भव नरहेको बताएका छन् ।

एक पत्रकार सम्मेलनमा फाउचीले भने, ‘कुनै खोप वा प्रभावकारी औषधि बिना कोरोना भाइरस फैलिनुअघि जस्तो अवस्था थियो त्यो अवस्थामा कहिल्यै पुग्न सकिन्न ।’

जोन हपकिन्स विश्वविद्यालयको तथ्यांकअनुुसार अहिलेसम्म अमेरिकामा कोरोना भाइरसबाट करिब ३ लाख ३ लाख ६८ हजार २४१ जना संक्रमित भइसकेका छन् भने करिब ११ हजार जनाको मृत्यु भइसकेको छ ।

कोरोना भाइरसका कारण संसारभर कारोबार र सामाजिक जीवन नराम्ररी प्रभावित भएको छ । संसारका २ सय ११ देशमा कोरोना भाइरस संक्रमण फैलिसकेको छ । अहिलेसम्म संसारभरीमा १३ लाख ५० हजार संक्रमित भइसकेका छन् । यस्तै संसारभरमा करिब ७५ हजारको मृत्यु भइसकेको छ ।

धेरै देशले संक्रमण फैलिनबाट रोक्नका लापग पूर्ण रुपमा लकडाउन घोषित गरेका छन् भने अत्यावश्यक बाहेकका सबै सेवा पूर्ण रुपमा बन्द रहेका छन् । अमेरिकामा कोरोना भाइरसको संक्रमण फैलिनबाट रोक्नका लागि सामाजिक दुरी कायम गर्न भनिएको छ ।

डा.एन्थोनी फाउची वरिष्ठ संक्रामक रोग विशेषज्ञ हुन् र नेशनल इन्स्टिट्युट अफ एलर्जी एन्ड इन्फेक्टुअस डिजिजका निर्देशक हुन् । पत्रकार सम्मेलनका क्रममा कहिल देशको अवस्था सामान्य बन्छ भनेर प्रश्न सोधिएको थियो ।

यसको जवाफमा फाउजीले भने, ‘यदि सबै सामान्य हुनुको अर्थ कोरोना भाइरसका कुनै संक्रमण नदेखिनु हो । मलाई यस्तो सम्भव होला र मानिसहरुलाई पूर्ण रुपमा बचाउन सक्छौं जस्तो लाग्दैन ।’

डा.फाउचीले खोप आएपछि मात्रै यो अवस्थाबाट मुक्ति पाउन सकिने उनले बताए । कोरोना भाइरसको औषधिका लागि संसारमा वैज्ञानिकहरुले लगातार कोशिस गरिरहेका छन् । केही देशले औषधि परीक्षण सुरु गर्न सुरु गरिसकेका छन् । तर अहिलेसम्म सफलता हात परिसकेको छैन ।

कोरोना भाइरस सिजनल हुनसक्छ

डा.फाउचीले भने, ‘जब हामी सामान्य स्थितिमा पुगेमा हामी समाजको रुपमा चल्न सक्छौं । तर यदि यो अवस्थाको कुरा गर्ने हो भने कोरोना भाइरस नभएको जस्तो अवस्था कहिल्यै आउनेछैन । खतरा यथावत छ । तर मलाई विश्वास छ हामीले केही समयमा राम्रो खोप पाउनेछौं र यस्तै अर्को अवस्था आउनेछैन ।’

उनले कोरोना भाइरसबाट समयभन्दा अघि नै जीतको खुसियाली मनाउन सोच्न पनि नहुने बताए ।

उनले कोरोना भाइरस संक्रमण पूर्ण रुपमा ठीक नभएर मौसमी रोगका रुपमा रहन सक्ने समेत बताए । यसको अर्थ कोरोना भाइरस आगामी सिजनमा पनि सिजनल फ्लुका रुपमा देखिन सक्नेछ ।