वाउ ! काठमाडौं खाल्डो

वाउ ! काठमाडौं खाल्डो

( सुशील श्रेष्ठ )

कोरोना भाइसरको संक्रमण फैलन नदिन देश लकडाउनमा छ । सधै व्यस्त रहने काठमाडौं उपत्यका सुनसान छ । न सवारी, न मानिसका भीड । त्यही भएर एकसातामा काठमाडौंले मुहार फेरेको छ । खाल्डोबाट वरिपरि सेता हिमाल, खुल्ला बातावरणमा रमाएका चराचुरुङ्गी । साँच्चै मनमोहक देखिन्छ यतिवेला उपत्यका । धुलोले फुलेकै नदेखिने फुलहरु यति राम्रा देखिएका छन् कि यतिवेला पर्यटक घुम्न पाउथे भने पाइलै पिच्छे भन्थे होलान– वाउ ! काठमाडौं खाल्डो