लकडाउन सरलीकरणबारे आजै निर्णय हुनेः मन्त्रिपरिषद् बैठक साझँ ५ बजेका लागी सारियो

लकडाउन सरलीकरणबारे आजै निर्णय हुनेः मन्त्रिपरिषद् बैठक साझँ ५ बजेका लागी सारियो

आजको मन्त्रिपरिषद् बैठक साझ ५ बजेका लागी सरेको छ । यसअघि दुई बजेलाई तय गरिएको बैठक साँझ पाँच बजेलाई सारिएको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले जनजीवन सहज बनाउन लकडाउनको मोडालिटी हेरफेर गरिने संकेत अघि नै सदनमा गर्नुभएको थियो ।
प्रधानमन्त्री ओलीले लकडाउनलाई कायमै राखिने र जनजीवन सहज बनाउन मोडालिटी हेरफेर गरिने आजको संसद बैठकमा जानकारी गराउनुभएको थियो ।
कोरोना क्राइसिस म्यानेजमेन्ट सेन्टर (सीसीएमसी)ले पाँच चरणको प्रस्ताव तयार पारेको र सोहि अनुसार सरकारले पाँच चरणमा लकडाउन खोल्ने प्रस्तावलाई स्विकृती दिने बताइएको छ ।

सीसीएमसीले प्रस्ताव गरेको मोडालिटी, जसलाई उनीहरूले जर्जिया मोडालिटी भनेका छन्, त्यसमा पहिलोे चरणमा असार १ गतेदेखि निजी कार, एवम् ट्याक्सी सेवा, डेलिभरी सर्भिस, ओपन एयर मार्केट, कृषि क्षेत्र खुला गर्न प्रस्ताव गरिएको छ ।
४० प्रतिशत यात्रु राखेर आन्तरिक उडान सुरु गर्न सकिने सीसीएमसीको मोडालिटी उल्लेख गरिएको छ ।