लकडाउन जेष्ठ २० सम्म लम्ब्याउने मन्त्रीपरिषद्को निर्णय

लकडाउन जेष्ठ २० सम्म लम्ब्याउने मन्त्रीपरिषद्को निर्णय

जेष्ठ ४ काठमाण्डौं । अन्ततः सरकारले जेष्ठ २० गते सम्म लकडाउन थप्न उच्च स्तरीय समितिले गरेको सिफारीस अनुसार निर्णय गरेको छ । चैत्र ११ गतेदेखि शुरु भएको लकडाउनको ५५ दिन पुगेका दिन आज थप १५ दिन लम्ब्याउने मन्त्रीपरिषद्ले निर्णय गरेको हो ।

चैत ११ देखि १८ सम्म, १८ देखि चैत २५ सम्म, २५ देखि वैशाख ३ सम्म, वैशाख ३ देखि १५ सम्म, वैशाख १५ देखि २५ सम्म र वैशाख २५ देखि जेठ ५ गतेसम्म लकडाउन बढाउने निर्णय गरेको थियो ।
भोलीदेखि पाचौ पटक थपिएको लकडाउनको म्याद सकिनु अघि नै आज बसेको मन्त्रीपरिषद्ले थप्ने निर्णय गरेको हो ।
लकडाउन जारी रहे पनि कोरोना बढ्ने क्रम रोकिएको छैन भने यसबाट दुई जनाको ज्यान समेत गएको छ ।

आज साझँ सम्मको रिपोर्ट अनुसार कोरोना संक्रमितको संख्या २ सय ९५ पुगेको छ भने ३६ जना निको भएर घर फर्किएका छन् ।
मन्त्रीपरिषद्मा लकडाउन कडा पार्ने, उपचार र उद्धार , नेपालको नक्सा सार्वजनिक गर्ने लगायतका बिषयमा समेत छलफल भएको बताईएको छ ।