लकडाउनका कारण २४ अर्बको कारोबार ठप्प, ६ अर्ब राजस्व गुम्यो

लकडाउनका कारण २४ अर्बको कारोबार ठप्प, ६ अर्ब राजस्व गुम्यो

काठमाडौं । सरकारले ठूला परियोजनाहरूमा प्रर्याप्त लगानी नगर्दा यस्तै त थला परेका निर्माण सामग्री उत्पादन गर्ने उद्योगहरू कोभिड–१९ का कारण उठ्नै नसक्ने गरी थला पारेको छन् । पूर्वाधार निर्माणको काम दु्रत गतिमा हुन नसक्दा  अर्ध मूर्छित अवस्थामा रहेका निर्माण सामग्री उत्पादन गर्ने उद्योगहरू अहिले झन संकटमा फसेका हुन् ।

हाल नेपालमा ६१ वटा सिमेन्ट र २५ वटा आइरन तथा स्टिल उत्पादन गर्ने उद्योगहरू सञ्चालनमा रहेका छन् । सिमेन्ट करिब ५ सय अर्ब र आइरन तथा स्टिल उद्योगमा करिब एक सय अर्बभन्दा बढी लगानी रहेको छ । बन्दाबन्दीको कारणले पूर्वाधार निर्माणको काम ठप्प छ । उद्योगहरू पनि बन्द छन् । उद्योगबाट उत्पादित सामग्रीको बजार नहुँदा उद्योगीहरूको दैनिक आम्दानी शुन्य छ भने राज्यले समेत राजस्व गुमाएको छ । दुबै उद्योगमा गरि करिब डेढ लाख मजदुरको रोजीरोटी खोसिएको छ ।

यतिमात्र होइन सिमेन्ट उद्योगमा अर्को अप्ठ्यारो परिस्थिति पनि सिर्जना भएको छ । सिमेन्ट उत्पादनका लागि ४ महिना कच्चा पदार्थ चुनढुंगा सञ्चित गरेर वर्ष दिनभरि उद्योग सञ्चालन गर्नुपर्छ । तर चैत ११ देखि भएको बन्दाबन्दीको कारणले करिब डेढ महिनामात्र सिमेन्ट उद्योगले कच्चा पदार्थ सञ्चित गर्न पाएका छन् ।

सरकारले तत्काल खानी सञ्चालन गर्न अनुमति दिएन भने आगाामी मंसिरसम्म सिमेन्ट उद्योग सञ्चालन गर्न नसकिने सिमेन्ट उत्पादक संघका अध्यक्ष इन्जिनियर ध्रुव थापाले बताए । ‘हामी चिन्तामा छौं,’ उनले भने ‘सरकारले खानी सञ्चालन गर्ने अनुमति दिएर भने अर्को ६÷७ महिना उद्योग चल्न सक्दैन ।’ उद्योग बन्द हुन्छ त्यसपछि त मरिहालियो नि ।’

बजारमा निर्माण सामाग्रीको माग नहुँदा निर्माण सामाग्री उत्पादन गर्ने उद्योगहरू  आफ्नो पूर्ण क्षमता उत्पादन गर्न नसकेको शंखर ग्रुप अन्तर्गत रिद्धी सिद्धी सिमेन्टका प्रमुख कार्यकारी अधिकृत आनन्द नेपाल बताए । ‘आवश्यकताभन्दा बढी उद्योग भएका कारण बजारमा अस्वस्थ प्रतिस्पर्धा छ,’ उनी भन्छन् ‘उद्योगहरूको प्रतिस्पर्धात्मक क्षमतामा ह्रास आएको छ ।’ नेपालमा एउटा उद्योगले नाफा कमाएको देखियो भने उस्तै प्रकृतिका एक सय उद्योग थपिन्छ । जसले गर्दा बजारमा अस्वस्थ प्रतिस्पर्धा सिर्जना भएको छ । उस्तै प्रकृतिका उद्योगहरू सञ्चालनमा आउँदा बजार अस्वस्थ हुनुका साथै लगानीकर्ताले  लगानीबाट प्रतिफल नै निकाल्न सकिरहेका छैनन् ।’

देशमा कुन र कति उद्योग आवश्यक छ भन्ने कुराको अध्ययन नै नगरी धमाधम नयाँ उद्योगहरू स्थापना हुनु र  निजी क्षेत्र नाफामूखी मात्र हुनुले धेरै क्षेत्रमा गरिएको लगानी जाखिममा पर्दै गएको नेपाल बताए । उनले भने, स्टिल र सिमेन्टको लगानी अहिले त्यस्तै अवस्थामा पुगेको छन्, प्राय लगानीकर्ताहरूले २० प्रतिशतमात्र आफूले लगानी गरेर ८० प्रतिशसम्म बैंक तथा वित्तीय संस्थाको लगानीमा उद्योग खोलेका हुन्छन् ।’

निर्माण सम्बन्धि उद्योग यसभन्दा पहिलादेखि नै संकटमा पर्दैै आएकाले अहिलेको यो महामारी कारण परेको लकडाउनले थप संकट थपिएको छ । यसबाट उद्योगलाई माथि उस्कन सरकरले अब निर्माण सम्बन्धी कस्ता योजनाहरु ल्याउँछ भन्नेमा यो उद्योगको भविष्य निर्धारण हुने उनले बताए । उनले भने, सरकारले ल्याउने निर्माण सम्बन्धि योजनाले पाउने प्रथामिकता निर्भर हुन्छ ।

निर्माणसँग सम्बन्धित उद्योगको उत्पादनलाई खपत गराउनका लागि निजी घरहरूरु निर्माणमा सरकारले प्राथमिकता दिन पर्ने उनको धारणा छ । उनले भने, अब निजी क्षेत्रबाट बनाइने घरका लागि नेपाल राष्ट्र बैंकले दिने ऋणको दायरा कम्तिमा पनि ८० प्रतिशत बनाउन पर्छ ।

बजारमा अस्वस्थ प्रतिस्पर्दा भएपछि उत्पादनमा सम्झौता गर्नु पर्ने हुन्छ । बजारमा आउने उत्पादनहरूको गुणस्तरमा उत्पादकहरुले कमसलखालको उत्पादन बजारमा ल्याउन थाल्छन् किनकी बजार अस्वस्थ प्रतिस्पर्धामा गएपछि लगानीकर्ताहरूले कन्जुस्याई गर्न थाल्छन र आम उपभोक्ता मारमा पर्ने उनले बताए । उनले भने, कुनै सिमेन्ट कम्पनीले ८ सय रुपैयाँमा बेचिरहेको सिमेन्ट बजारको अस्वस्थ प्रतिस्पर्दा हुन थालेपनि सिमेन्टको मूल्य घटेर ६ सयमा ल्याउन गुणस्तरमा कम्फर्माइज नगरि त्यो सम्भाव नै हुँदैन ।

लकडाउनका कारण अब सिमेन्ट उद्योगमा थप अर्को समस्या थपिएको छ ।  एकातिर उद्योगबाट उत्पादन भएको सिमेन्ट बजारमा जान पाएको छैन भने बजारबाट भुक्तानी आउन सकेको छैन । एक महिनाभन्दा बढीको लकडाउनले  खर्बौ नोक्सान भएको अनुमान लगाउन सकिन्छ ।

उनले भने, रिद्धिसिद्धि जस्तो सिमेन्ट उद्योगहरूले ८ देखि १० अर्ब लगानीमा शुरु भएको उद्योगको उत्पादनसम्म पुग्दा १२ अर्बसम्मको लगानी पुगेको हुन्छ र त्यसमा महिनामा कम्तिमा पनि बैंकमा एक अर्ब रुपैयाँ बराबर रकम ऋणको ब्याजमात्र तिर्न पर्ने हुन्छ ।

‘सिमेन्ट उद्योगबाट उत्पादन भएको सिमेन्ट समयमा बजारमा पुगेर खपत नभएका कारण हामी थप लगानी गर्न तथा कर्मचारीलाई तलब समेत दिन नसक्ने अवस्थामा पुगेका छौं,’ उनले भने । हाल नेपालमा उत्पादन हुने अधिकांश सिमेन्ट उद्योगहरूले क्लिंकर पनि नेपालमा नै उत्पादन गर्ने भएकाले सिमेन्ट उत्पादन गर्नभन्दा तीन चार दिन पहिलामात्र क्लिंकर बनाउनु पर्छ ।

हाल नेपालमा नै क्लिंकर उत्पादन गर्ने भएकाले पनि सिमेन्ट उत्पादन गर्न आवश्यक पर्ने कच्चा पदार्थ सहज भएको छ । सिमेन्टका लागि चुनढुंगा पहिलो कच्चा पदार्थ हो  । त्यो हामी कहाँ प्रर्याप्त रहेको र सिमेन्ट उत्पानदमा आवश्यक पर्ने कोइला मात्र विदेशबाट ल्याउनु पर्ने उनले बताए ।

उत्पादन मुलक उद्योगलाई राज्यले उचित नीति बनाएर व्यवस्थापन नगरेमा अर्थतन्त्रको प्रणालीमा नै असर गर्ने उनले बताए । उनले भने, उत्पादनमूलक उद्योगमा ठूलो लगानी रहेकाले वित्तीय क्षेत्र, यस क्षेत्रले सिर्जना गरेकोरोजगारी र उत्पादनसँग जोडिएकोले बजार समेत यसको प्रत्यक्ष र ठूलो मारमा परेको छ ।