चैत २८, २०७६ काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच शुक्रबार टेलिफोन सम्वाद भएको छ। दक्षिण एसियामा कोरोनाले महामारीको रुप लिन लाग्दै गर्दा दुई समकक्षीबीच टेलिफोन सम्वाद भएको हो।
नेपालका प्रधानमन्त्री ओलीसँग टेलिफोन सम्वाद भएको जानकारी मोदीले ट्विटरमार्पत दिएका छन्। उनले सम्वादका क्रममा कोरोना भाइरसबाट अहिले उत्पन्न जटिलताबारे कुराकानी भएको जानकारी दिएका छन्। ‘नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीसँग आज सम्वाद भएको छ’, उनले भनेका छन्, ‘हामीले कोरोनाबाट दुई देशमा उत्पन्न जटिल अवस्थाबारेमा छलफल गरेका छौं।’ मोदीले कोरोना भाइरसका कारण उत्पन्न चुनौतीसँग जुध्न नेपाल र नेपाली जनताले गरेको दृढ संकल्पको प्रशंसा गरेका छन्। ‘म यस चुनौतीसँग लड्नका लागि नेपालका जनताको दृढ संकल्पको सराहना गर्छु’, उनले भनेका छन्, ‘हामी कोभिड-१९ विरुद्ध भइरहेको आमलडाईंमा नेपालको साथमा एकजुट भएर उभिएका छौं।’
Spoke today with Prime Minister of Nepal, Shri @kpsharmaoli. We discussed the prevailing situation due to COVID-19. I appreciate the determination of people of Nepal to fight this challenge. We stand in solidarity with Nepal in our common fight against COVID-19.
— Narendra Modi (@narendramodi) April 10, 2020