मास्क किन लगाउने? कसरी लगाउने ?

मास्क किन लगाउने? कसरी लगाउने ?

कोरोना भाइरसको संक्रमण फैलिएसँगै यतिबेला संसारभरी मास्कको प्रयोग ह्वात्तै बढेको छ । कोरोना भाइरस भन्दा अघि पनि विभिन्न भाइरसहरू नफैलिएका हैनन्, तर त्यसबेला मास्कबारे विश्वका मानिसहरू अहिलेजति सजग थिएनन् । अहिले भने मास्कको प्रयोग बढेको छ । यसै सन्दर्भमा प्रो त्रिशा ग्रिहान्हाल्घ, ओबिइ र जेरेमी हावर्डले अध्ययन गरेर फेस मास्क एगनिस्ट कोभिड–१९ ः एन एभिडेन्स रिभ्युको सारंश प्रस्तुत गरेका गरेका छन् । उनीहरूको सारंश यस्तो छ ।

अध्ययन भन्छः कोरोनामात्र होइन सबै रोगवाट बच्न मास्क अनिवार्य

महामारीको प्रसार

सबै संक्रामक रोगको प्रसार दर (R0) हुन्छ। R0 १ हुने बिमारीको अर्थ १ संक्रमित रोगीले औसतन थप १ जनालाई संक्रमित गर्छ। R0 १ भन्दा कम्ती हुने रोग आफै हराउँछ । सन् १९१८ मा फ्लु महामारीको बेला अमेरिकामा, R0 १.८ थियो। ईम्पेरिअल कलेजको अनुसन्धान अनुसार कोरोना भाइरस (COVID-१९) रोगको भाइरसको प्रसार दर (R0) २.४ छ । यद्यपि केहि अनुसन्धान अनुसार R0 ५ .७ सम्म पनि हुन सक्छ। रोकथाम उपायहरू बिना यो रोग छिटो र टाढा फैलिनेछ । महत्त्वपूर्ण कुरा, कोभिड १९ का बिरामीहरूमा सुरूवाती दिनहरूमा सामान्यतया थोरै वा कुनै लक्षण हुँदैन तर धेरै संक्रामक हुन्छन्  ।

थोपा र एरोसोलको भौतिक विज्ञान

बोल्ने बेला मुखबाट धेरै थुकका छिटाहरू बाहिर निस्कन्छन् र संक्रमित रोगीको भाइरस पनि हुन्छ। धेरै जस्तो थोपाहरु ०.१ सेकेन्डमा सुकेर जान्छ् । तर ठुलो थोपाहरु मसिनो थोपाहरुमा परिणत भई भाइरस प्रसार गर्न सक्छ। ठूलो थोपालाई मुखबाट निस्किने बित्तिकै रोक्न सजिलो हुन्छ। तर यो क्षेत्रमा अनुसन्धान भइरहेको छैन ।

मास्कको सामग्री विज्ञान

मानिसको सुरक्षा निम्ति मास्क लगाउनु पर्छ । यो कुरा मास्कको प्रभावकारिताको बहसमा पनि उल्लेख गरिएको छ । मेडिकल स्कूलमा पनि यो कुरा सिकाउँछ । कपडाको मास्कले धेरै न गरे पनि केहि सुरक्षा त दिन्छ। शतप्रतिशत सुरक्षााका लागि N९५ जस्तो मास्क लगाउन पर्छ । तर संक्रमित रोगीले कपडाको मास्क उपयोग गरेमा अरु मानिसलाई यो रोगबाट सुरक्षित राख्नमा धेरै प्रभावकारी हुन्छ। यसलाई ‘स्रोत नियन्त्रण’ भनिन्छ । स्रोत नियन्त्रणको धेरै महत्व छ र जोड दिनुपर्छ।

सुतीको मास्क लगाएको संक्रमित रोगीले खोक्दा ८ इन्च टाढा भएको अर्को मानिसलाई ३६ गुणा कम भाइरसको मात्रा सर्छ । यो तथ्य पत्ता लगाउने अन्वेषकहरूले ३६ गुणा कम्ति मात्रालाई पनि ‘अप्रभावी’ ठानेका छन्। तर अनुसन्धान टोली यसमा असहमत छ, किनकी १/३६ भाइरस मात्रा सरेमा, संक्रमणको सम्भावना र लक्षण पनि घट्छ ।

प्रसारको गणित

सो टोलीकाअनुसार धेरै मानिसले बाहिर जाँदा मास्क लगाएमा प्रसार दर (effective R) १.० भन्दा मुनि जान सक्छ र रोग को प्रसार रोकिन्छ। सो कुरा अरु अनुसन्धान (Yan et al. 2019) ले पनि जनाएको छ। मास्क्ले जति धेरै थोपा रोक्छ, प्रसार दर (effective R) त्यति नै घट्छ।

मोडल: भाइरसको प्रसार दरमा मास्क प्रयोगको प्रभाव

मास्क लगाउन कति प्रभावकारी हुन्छ भन्ने कुरा ३ कारकमा निर्भर हुन्छ: भाइरस बिरुद्ध मास्कको प्रभावकारिता (efficacy: Horizontal Axis), जनतामध्ये मास्क लगाउनेहरुको अनुपात (adherence, Vertical Axis), रोगको प्रसार दर (R0: लेख चित्रमा कालो रेखा)। R0 १.० भन्दा कम्ती नीलो रंगले देखाएको छ, र त्यहाँ पुगेपछि रोग आफैं हराउँछ। यदि मास्कले शतप्रतिशत रोकथाम गर्‍यो भने कम मानिसले मास्क लगाए पनि रोगको प्रसार हुँदैन । त्यस्तै प्रकारले मास्कले कम रोकथाम गरेपनि धेरै मानिसले मास्क लगाए भने पनि रोगको प्रसार कम हुन जान्छ ।

मास्क र राजनीतिक विज्ञान

सबै जनालाई मास्क लगाउन कसरी मनाउने ? जनतालाई उचित शिक्षा र बुझाउन सकिन्छ । तर भीडभाड हुने ठाउँ, जस्तो कि ठूला पसल, सार्वजनिक यातायातहरुमा जाँदा मास्क अनिवार्य गरे धेरै प्रभावकारी हुन्छ । खोप नलगाउनेलाई जति कम छुट दियो, खोप लगाउने दर त्यति नै धेरै भयो। सो तथ्य अनुसन्धान (Bradford and Mandich 2015) ले जनाएको छ। कोभिड-१९ विरुद्ध पनि यस्तै विधिहरु कार्यान्वयन गरेमा धेरैले मास्क प्रयोग गर्नेछन् र रोगको प्रसार सुस्त गर्न अथवा रोक्न मद्दत पुग्नेछ ।

मास्क लगाउने परिक्षण: कृत्रिम र प्राकृतिक

कृत्रिम परीक्षणमा अन्वेषकले अनियमित रुपमा मानिसलाई मास्क लगाउने वा नलगाउने टोलीमा राख्दछ । यसलाई ‘अनियमित नियन्त्रित परीक्षण’ वा आरसीटी (RCT) भनिन्छ। काेभिड-१९ का लागि आरसीटी गरिएको छैन। अन्य रोगहरू (जस्तै इन्फ्लूएन्जा वा क्षयरोग) लाई रोक्नको लागि मास्क लगाउने आरसीटीले सानो प्रभाव देखाउँदछ । जुन धेरै अध्ययनहरूमा सांख्यिकीय रूपमा महत्वपूर्ण थिएन ।

प्राकृतिक परीक्षणमा वास्तवमै भैराखेको घटनालाई अध्ययन गरिन्छ । उदाहरणका लागि कुनै देशको मास्क लगाउने नीति । प्रारम्भिक सातामा दक्षिण कोरिया र इटालीमा भाइरसको प्रसार दर समान थियो। फरवरी २०२० पछि कोरियाली सरकारले प्रत्येक नागरिकलाई मास्कको नियमित आपूर्ति गरायो । त्यसपछि कोरियाको मृत्यु दरमा परिवर्तन आयो । इटालीको मृत्युदर बढ्यो । मुनि चार्टमा कोरिया (रातो) र इटालीको (नीलो) धर्काले देखाइएको छ । मार्चको सुरुमा ध्यान दिनुस, मास्क वितरणको नीतिको प्रभाव स्पष्ट छ ।

दक्षिण कोरिया र इटालीको कोविड-१९ केसको तुलना

प्राकृतिक परीक्षणमा कन्ट्रोल टोली नभएका कारण सो परीक्षण अपूर्ण हुन्छ । किनकी परिवर्तन मास्कको कारण हो भनेर निश्चित भन्न सकिदैन । केही मुलुकमा मास्क लगाउने नीतिका साथमा अन्य उपायहरू जस्तै कडा सामाजिक दूरी, स्कूल बन्द र सार्वजनिक कार्यक्रमहरू रद्द एकै समयमा भयो । उदहारणका लागि यूरोपमा अष्ट्रिया र चेक गणतन्त्र छिमेकी मुलुक हुन् र दुबैले सामाजिक दूरीको नियम लागु गरे । चेक गणतन्त्रमा मास्क पनि अनिवार्य गरियो । अष्ट्रियामा केसको दर बढ्दै गयो तर चेक गणतन्त्रमा प्रसारको दर बढेन। अष्ट्रियाले केहि साता पछि मास्क अनिवार्य गरेपछि मात्र दुवै मुलुकको केसको दर समान भयो।

चेक गणराज्य र अष्ट्रीयाको कोविड-१९ केसको तुलना

महत्त्वपूर्ण कुरा प्रत्येक देशमा र प्रत्येक समय जहाँ मास्कको प्रयोग कानून मार्फत प्रोत्साहित गरिएको छ वा जहाँ मास्क नागरिकहरूलाई प्रदान गरिएको छ , त्यहाँ संक्रमण र मृत्यु दरमा कमी आएको स्पष्ट छ।

मास्क र व्यवहार विज्ञान

मास्क लगाउँदा मानिसले बढी जोखिमपूर्ण व्यवहार (उदाहरणका लागि बाहिर जाँदै हात कम धुने) गरेका छन् । यस्ता व्यवहार मास्कको परीक्षणमा पनि देखापरेको छ। वास्तविक विश्व अनुसन्धान अनुसार केही व्यक्तिहरूले जोखिमपूर्ण व्यवहार गरे पनि जनस्तरमा सुरक्षा र हितमा सुधार हुनेछ ।

मास्क र अर्थशास्त्र

आर्थिक विश्लेषकले मास्क वितरण गर्दा कति लागत र कति मूल्य (वित्तीय र गैर-वित्तीय) सिर्जना गर्न सकिन्छ र सम्भाव्य रूपमा कति क्षति हुन सक्छ भन्ने विचार गर्छ । एकजनाले मास्क लगाउनाले ज्यान जोगाउने साथै धेरै आर्थिक फाइदा हुने संकेत आर्थिक अध्ययनले जनाएको छ।

मास्क र नृविज्ञान

धेरै एसियाली देशमा मास्क लगाउनु सामान्य हो। कसैले व्यक्तिगत (प्रदुषणबाट बच्न) भने कसैले सामूहिक (महामारीबाट बच्न) कारणले लगाउँछ । मेरो मास्कले तपाईंलाई सुरक्षा दिन्छ। तपाईंको मास्कले मलाई सुरक्षा दिन्छ । धेरै देशहरूमा लक्षण देखापरे मात्र मास्क लगाउनु पर्छ भन्ने धारणा थियो। कोरोना भाइरसको प्रकोपपछि लक्षण नदेखिएपनि मास्क लगाउनुपर्छ सामान्य ज्ञान भएको छ ।

निष्कर्ष

सबै वैज्ञानिक प्रमाणले मास्क लगाउने समर्थन गर्दैन । धेरै जसो उहि दिशामा औंल्याउँछ । यस प्रमाणको मूल्यांकनले हामीलाई स्पष्ट निष्कर्षमा पुर्‍याउँछ: मास्क लगाउनुहोस् । स्रोत नियन्त्रणका लागि साधारण मास्क प्रभावी छ । मास्क तपाईले घरमा नै निर्माण गर्नपनि सक्नुहुन्छ । त्यसका लागि टी-शर्ट, रुमाल अथवा स्कार्फ पनि प्रयोग गर्न सक्नुहुन्छ। ऊन भन्दा सुती या रेसमको कपडा प्रयोग गर्नुस । अनुसन्धानकर्ताहरुले कागजलाई फिल्टरको रूपमा प्रयोग गर्न सिफारिस गरेका छन् । सो कागजलाई कपडाको २ तहको बीच राखी प्रयोगपछि फाल्नुस । कपडाको मास्क तपाईले धोए पछि फेरि प्रयोग गर्न सक्नुहुन्छ ।