बाहुनको मानविय संबेदनाको कुनै मुल्य छैन ?

बाहुनको मानविय संबेदनाको कुनै मुल्य छैन ?

बाहुनको मानविय संबेदनाको कुनै मुल्य छैन ? अरुले छोएको नखान पाउने अधिकार ब्यक्तिमा निहित रहनु पर्छ की पर्दैन ? इच्छा विपरित जवर्जस्ती पनि अरुले छोएको खानै पर्छ भनेर कुन नियम कानुनमा लेखेको छ ?

विभेद गर्न पाइदैन, सार्वजानीक स्थलमा छुवाछुत गर्न पाइदैन कसैको अपमान गर्न पाइदैन यो नियम हो यो लागु हुनु पर्दछ तर यसो भन्दैमा मान्छेको निजी अधिकार हुँदैन ? दुबैतर्फ बाट हेरिनु पर्दैन ?

यौटा बाहुन त्यही संस्कृतीमा हुर्क्यो त्यती तरिका पच्छ्याएर मानेर अब मर्ने बेला भयो उसको आस्था धर्म सबैकुरा त्यही हो अब उमेरको उत्तरार्धमा आएर कसरी आफ्नो आस्था गर्ल्याम गुर्लुम भत्काउन सक्छ कसैले ?

म कैयौँ त्यस्ता दलीत भेटाइदिन्छु जो मैले खानेकुरा सजीलै छुन्छन तर त्यही खानेकुरा मेरा बा ले खाने हो भन्ने थाह पाए कुनै हालतमा छुदैनन । उनीहरु त्यसमा पाप देख्छन किनभने उनीहरु मेरो बा को आस्थाको सम्मान गर्छन ।

यो परम्परा सकिंदैछ, अहिलेको वृद्द पुस्ता सम्भवत: अन्तिम पुस्ता हो छुवाछुत गर्ने र बार्ने, यो पुस्ताको आस्थाको सम्मान गरौँ हाम्रो पुस्ता वृद्द भइसक्दा छुवाछुत आफै अन्त्य हुनेछ।

आजै निमिट्यान्न पार्ने नाममा कुनै पनि वृद्दहरुको आस्था माथी हमला नगरौँ । मलाइ अझै याद छ विधवा लाई रातो वस्त्र पहिर्याउने लहडमा एकजना ८५ वर्षिय हजुरआमा लाई सिंदुर र रातो लुगा लगाउदिए फेमिनिस्ट हरुले, त्यही ग्लानी र पश्चातापमा ति हजुरआमाको मृत्यु भएको थियो।

याद गरौँ, छुवाछुत हट्नु पर्छ तर त्यो हटाउन कै लागि अरुको आस्थाको घाँटी निमोठ्न पाईदैन, समय संगै परिवर्तन हुँदै जाने कुरीती हटाउन कसैको आस्थामा चोट नपुर्याँउ , यौटा अन्याय माथी न्याय गर्न अर्को अन्याय नगरौँ ।

हस्त:सुखद सुक्रबार ।