बल्ल बोल्यो सरकार, नेपाली भूमिभित्रको गतिविधि रोक्न परराष्ट्रद्धारा भारतलाई आग्रह

बल्ल बोल्यो सरकार, नेपाली भूमिभित्रको गतिविधि रोक्न परराष्ट्रद्धारा भारतलाई आग्रह

बैशाख २७ । भारतले नेपालको सार्वभौम क्षेत्रभित्र विना सहमति, जानकारी र एकतर्फी रुपमा चीन जोड्ने सडक दार्चुलाको लिपुलेकमा समेत पर्ने गरी निर्माण गरेर उद्घाटन गरेको भोली पल्ट आज नेपाल सरकारले प्रतिकृया दिएको छ । यस अघि यो भारतको कदम सार्वजनिक भए पछि पनि प्रतिकृया नजनाए पछि सरकारको विरोध हुदै आएको थियो ।
परराष्ट्र मन्त्रालयले आज विज्ञप्ति जारी गरी परराष्ट्र मन्त्रालयले नेपाली भूमिभित्र गर्दै आएको गतिविधि रोक्न आग्रह गरेको छ ।

भारतको पिथौरागढ जिल्लाको गर्वाधारबाट सुरु भई नेपालको कालापानी लिपुलेक गुन्जी हुँदै चीनको मानसरोवर जोड्ने गरी भारतले निर्माण गरेको विवादित सडक हिजो भारतीय रक्षा मन्त्रीले उद्घाटन गरेका थिए ।

परराष्ट्रले भारतले नेपाली भूमि लिपुलेकमा सडक निर्माण गरेर शुक्रबार उद्घाटन गरेको कुरा खेदका साथ थाहा हुन आएको बताएको छ ।

‘नेपाल सरकारले सुगौली सन्धी अनुसार आफ्ना गतिविधि गर्दै आएको छ । पूर्वमा काली (महाकाली) नदी यताका सम्पूर्ण भूभागहरु लिम्पियाधुरा, कालापानी र लिपुलेक नेपालका भूभाग हुन्,’ विज्ञप्तिमा भनिएको छ, ‘यस विषयमा नेपाल सरकारले केही पहिले र हालै सन् २०१९ नोभेम्बर २० मा पनि भारत सरकारलाई कुटनीतिक नोटमार्फत् सम्वोधन गर्दै आएको छ ।’ नोभेम्बरको पहिलो सातामा भारतले यी भूभागहरु आफ्नो क्षेत्रमा पर्ने गरी नयाँ राजनीतिक नक्सा निकालेको थियो ।
त्यस यता आ्रन्दोलन भएर सरकारले वार्ताको पहल गरे पनि भारतले अटेर गर्दै आएको छ ।