बजेट र नेपाली चलचित्र उद्योगका बारेमा दीपकराज गिरीको विश्लेषण

बजेट र नेपाली चलचित्र उद्योगका बारेमा दीपकराज गिरीको विश्लेषण

काठमाडौं – चलचित्रकर्मी दीपकराज गिरीले बिहीबार अर्थमन्त्री डा युवराज खतिवडाद्वारा जारी आर्थिक वर्ष २०७७/७८ को बजेटमा नेपाली चलचित्र क्षेत्रलाई समेटिएको बारेमा शुक्रबार बिहान फेसबुक मा एउटा स्टाटस लेखेका छन् ।

गिरीले आफ्नो स्टाटसमा लेखेका छन् :

मौलिक चलचित्र निर्माणलाई बजेट छुट्याइएको छ ।
सुन्दा राम्रो छ ।
मौलिक चलचित्र छनौट गर्ने संयन्त्र चाहि कुन हो ?
उहॉ परम्परागत शैली नै होला ।
कस्तो चलचित्र मौलिक हो ?
पटक पटक दर्शकले पूरै अस्वीकार गरेको चलचित्र ?
हलमा आधा घन्टामै दर्शक निदाउने चलचित्र ?
केहि पत्रकार र समिक्षकले थपडि मारेका चलचित्र ?
बिगतमा त्यस्ता चलचित्रहरूलाई बारम्बार नगद र अवार्डवाट पुरस्कृत गर्दै आइरहेको छौं हामी ।
त्यसैले होला हाम्रा ९८% फ़िल्म पनि त्यस्तै बनिरहेका छन् ।
बिदेशी फिल्मको भरमा टिकिरहेको छ मनोरन्जनको क्षेत्र ।
हलिउड र बलिउडकै दवदबालाई स्वीकार गर्न बाध्य छौं हामी ।
किनकि हामी कथित मौलिक चलचित्रलाई मात्रै प्रोत्साहित गर्दैछौ ।
चलचित्रको आन्तरिक बजारलाई कमजोर छोडेर धानका वालाका पछाडि मात्रै लाग्नु र दराजमा अवार्ड जम्मा पारेर मख्ख पर्नु भनेको घर भत्केर के भो आँगन छँदैछ नि भनेर मख्ख परे जस्तो मात्रै हो
अत: ‘लोकप्रिय मौलिक चलचित्र’ निर्माणलाइ प्रोत्साहित गर्नु पर्यो ।
दर्शक नभएको रंगशाला, कबिता सुन्ने श्रोता नभएको कबि सम्मेलन, मतदाता नभएको निर्बाचन र दर्शक नभएको चलचित्र भवन उस्तै हो ।
उद्योग बचाऔं, उद्योग बचे राम्रा चलचित्रको लागि सम्भावनाको ढोका सधैं खुल्ला रहन्छ ।
नेपाली हामी रहुँला कहाँ नेपालै नरहे भने जस्तै हो ।
कला र ब्यापार दुबैको अस्तित्व स्विकार गरौ ।
बितरक मात्रै बच्ने, प्रदर्शक नबाँच्ने,
कला मात्रै बाँच्ने ब्यपार नबाँच्ने,
कलाकार र प्राबिधिक मात्रै बाँच्ने , निर्माता नबाँच्ने,
एक पक्षलाई पक्षपोषण गर्ने परम्परागत शैली बन्द गरौं ।
बजेटमा चलचित्रलाई पहिला भन्दा धेरै ठाउँमा सम्बोधन गरिएको छ ।
त्यो राम्रो पक्ष हो तर चलचित्र उद्योगमा रहेका हरेक पक्षले खुशी मनाउने वातावरण श्रृजना गरौं ।
कलाकार संघको भवन, छायांकनस्थल निर्माण लगायतका एक दुई कुरा उल्लेख्य छन् ।
कोरानाको मारमा चलचित्र घर पनि छ, बजेटले त्यसलाई खासै सम्बोधन गरेको देखिएन ।
सबैले तालि बजाउने वातावरण निर्माण गरौं ।
एउटाले पक्षले दीप प्रज्ज्वलित गर्ने र अर्कोको घरमा अन्धकार रहेसम्म बिद्रोह र क्रान्ति जन्मिरहन्छ ।
अन्तयमा, बलिउड र हलिउडका चलचित्र र नेपाली चलचित्रको टिकट मूल्य समान नहोस् भनेर हामीले उठाएको आवाज यस पटक पनि तुहिएको महसूस भएको छ ।

जय नेपाली चलचित्र ।’