प्रमाणले भन्छ– यो हो कोरोना महामारी भित्र लुकेको घिनलाग्दो खेल

प्रमाणले भन्छ– यो हो कोरोना महामारी भित्र लुकेको घिनलाग्दो खेल

अहिले कोरोना सङ्क्रमणको महामारीले विश्व आक्रान्त छ । यसैबेला विश्वका धनी र शक्तिशाली मुलुकहरू चीन र अमेरिका यसको सुरुवात कसले कसरी गर्‍यो भन्ने आरोप प्रत्यारोप गरिरहेका छन् ।

कतै कोरोनाको विवादले नै अर्को भौतिक युद्ध नै पो निम्त्याउने हो की भन्ने चिन्तामा संसार छ । बेतुकका तर्क र तथ्यहीन आरोपहरू लगाउँदै चीनमाथि नाकाबन्दी गर्ने सम्मको धम्कि अमेरिकाले लगाइरहेको छ । तर, प्रमाणहरूले के देखाइरहेका छन् भने अहिले सबैभन्दा बढी सङ्क्रमित भएको र मानिसहरूको ज्यान गएको मुलुक अमेरिका मै यो महामारी फैलाउने योजना तयार भएको थियो ।

विश्वव्यापी लकडाउन सुरु हुनु र कोरोनाको भय अनि आतङ्क सिर्जना हुनु अघि नै ‘कोरोना अपरेसन’ योजनावद्द रूपमा सुरु गरिएको थियो भन्न सकिने धेरै प्रमाणहरू एक पछि अर्को गर्दै फेला परिरहेका छन् ।

अमेरिकी शासकहरूले कोरोना आतङ्कसँग जुध्ने स्वास्थ्य सम्बन्धी कुनै तयारी गरेका थिएनन्  किनकि उनीहरू यो आतङ्क मच्चाउने योजनामा मै थिए । तर, जुन उद्देश्यको लागि यो महामारी फैलाइयो त्यसबाट कसरी लाभ लिने भन्ने तयारी भने गतिलो थियो । अमेरिकामा आर्थिक सङ्कट यती गहिरो भइसकेको थियो कि त्यहाँका बैङ्कहरू अब काम गर्न नसक्ने स्थितिमा थिए । उनीहरूले लगानी गरेको ऋण उठ्ने अवस्था थिएन । त्यो प्रणाली उच्चतम बिन्दुमा पुगिसकेको थियो ।

कतै चीनसँग आर्थिक र त्यसपछि भौतिक युद्ध गर्न सकिन्छ कि भनेर अमेरिकाले यसबिच प्रयत्न समेत गर्‍यो । त्यो आफ्नो कमजोरी लुकाउने र युद्धको लागि खर्च गर्न भन्दै अनियन्त्रित रूपमा पैसा छाप्ने राम्रो बहाना बन्न सक्थ्यो । तर, त्यसमा अमेरिका असफल बन्यो । चीनले अमेरिकी सामग्री खरिद गर्नुपर्ने सर्त अप्रत्याशित रूपमा मान्यो र सबै योजना चकनाचुर पारिदियो ।

त्यसपछि अमेरिकाले आफ्नो अर्को योजना अगाडी सार्‍यो, कोरोना आतङ्कको नाममा । यो महामारीको बहानामा अर्वौँ डलर छाप्ने र अन्ततः त्यहाँको बैंकिंग प्रणालीमा त्यसलाई प्रवाह गरेर त्यसलाई त्राण दिने उसको योजना सफल भयो । त्यसका लागि पुरै अमेरिकालाई कोरोनाले लपेट्नु आवश्यक थियो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कहिले ठट्टा त कहिले अमेरिका बन्द हुन बनेको होइन भन्दै कोरोना फैलन दिए । यो सबै उनले त्यो योजना कार्यान्वयन गर्न गरे जुन कोरोना भाइरसको महामारी फैलनु भन्दा लगभग एक वर्ष अघि नै तयार गरिएको थियो ।

यसो किन भनिएको हो भने विश्व स्वास्थ्य सङ्गठनले ३० जनवरी २०२० मा मात्र कोरोना महामारी विश्वव्यापी बनेको भन्दै स्वास्थ्य सम्बन्धी आपत्कालीन स्थितिको घोषणा गर्‍यो । तर, अमेरिकी सरकारले यस्तो स्वास्थ्य सङ्कट आइपरेमा पैसा बाँड्न मिल्ने कानुन भने २४ जनवरी २०१९ मा नै बनाइसकेको थियो ।

एचआर ७४८ सङ्केत नम्बर भएको करोनाभाइरस एड रिलिफ एण्ड इकोनोमिक सेक्युरिटी एक्ट (सिएआरई एक्ट) नामक सो कानुनको आवश्यकता एक वर्ष अघि नै किन महसुस गरियो ? यो अहम् प्रश्नको जवाफ खोज्ने हो भने त्यसैले भन्ने छ- तयारी पुरै थियो ।

अमेरिकामा महामारी फैलिएर सङ्क्रमितको सङ्ख्या विश्व कै सर्वाधिक हुने बित्तिकै त्यहाँ ६.२ ट्रिलियन डलरको राहत घोषणा गरियो र त्यसका लागि त्यहाँको केन्द्रीय (फेडरल) बैङ्कले धमाधम डलर छाप्न थाल्यो । स्मरण रहोस्, अमेरिकी इतिहासमा नै यो सर्वाधिक राशिको राहत प्याकेज हो । जसलाई ट्रम्पले सगौरव घोषणा गरेका थिए ।

यो राहत प्याकेजबारे हेक्का राख्नुपर्ने कुरा यो हो कि सो राशि आम अमेरिकी जनतामा मात्र केन्द्रित छैन । बरु सुत्केरीको निहुँ गरी टाउको खाने योजना अन्तर्गत ल्याइएको हो । यसलाई सो कानुनमा नै लेखिएको- ‘यस्तो राहत कोरोना-१९ बाट प्रभावित अर्थतन्त्र, जन स्वास्थ्य क्षेत्र, राज्य र स्थानीय सरकार, व्यक्ति अनि व्यापारीको लागि हुनेछ’ भन्ने वाक्यांशले स्पष्ट पार्छ ।

समग्रमा यो भन्न सकिन्छ कि भाइरसले होस् वा अन्य कुनै कारणले होस् त्यहाँ सङ्कट उत्पन्न भएको देखाउनु नै पर्ने थियो । त्यो देखाइयो अनि पूर्व तयारी अनुरूप राहतको नाममा पैसा बाँड्ने काम भइरहेछ । मानिसमा त्रास फैलाउनु थियो त्यो पनि भयो, सबै अधिकार खोसेर आफ्नो अधिनायकत्व स्थापित गर्नु थियो सो भइरहेछ, सामाजिक नैराश्यता उत्पन्न गरिएको छ ।

अब खोप कार्यक्रमको नाममा फेरी ट्रम्पले आफ्नो कम्पनी र साझेदारलाई धनी बनाउनु छ । त्यसको पनि पुरा नै योजना छ । लामो समय विश्वका धनीको सूचिमा एक नम्बरमा रहेका बिल गेट्सलाई कोरोनाको खोप बनाएर बेच्न दिने पुरानो योजना अझै कार्यान्वयन भएको छैन त्यसलाई पनि अमेरिकी सरकारले पुरा गर्नु छ । यदि त्यो पुरा भएन भने ट्रम्पलाई यी व्यापारीले राष्ट्रपतिको रूपमा अर्को कार्यकाल  दोहोर्‍याउन दिने छैनन् । उनले चुनावी खर्च दिने आफ्ना व्यापारी साथीहरूको स्वार्थ पनि पुरा गर्नु छ ।

यो पनि फगत मन गढ़न्ते आरोप होइन । प्रमाणले भन्छ –  बिल गेट्सको गेट्स ‘बिल एण्ड मेलिन्डा फाउन्डेसन’ ले २ नोभेम्बर २०१८ मा नै कोरोना भाइरसको प्याटेन्ट राइट लिइसकेका छन् ।

अझ रोचक त यो छ कि उनीहरूले सिधै त्यो नलिएर आफ्नो मुख्य लगानी रहेको प्रिबराइट इन्स्टिच्युटको नाममा कोरोना भाइरसको स्वामित्व अधिकार (प्याटेन्ट राइट) सुरक्षित गरेका हुन् । भन्नै पर्ने हुन्छ कि यो ‘समस्या’को ‘स्वामित्व’ उनैसँग छ । अनि समाधानको पनि स्वामित्व बिल गेट्स सँगै छ ।

बिल गेट्स अहिले कोरोना भाइरस बिरुद्दको खोप बेच्ने तयारीको अन्तिम चरणमा पुगिसकेका छन्  । यो भन्न कुनै अप्ठ्यारो छैन किनकि प्रिबराइट इन्स्टिच्युटले आफ्नो वेबसाइटमा लेखिसकेको छ कि कोरोना भाइरस बिरुद्दको खोप जनावरमा परीक्षण गर्न थालिसकिएको छ ।

योजनावद्द रूपमा सिर्जना गरिएको यो महामारीको अन्त्य पनि त्यस्तै योजनाबढ्द रूपमा नै हुने कुरामा शङ्का छैन । अब तिनैले खोपको विकास गर्छन् र विश्वभर सो खोप बिक्री गरेर खर्वौँ डलर कमाउँछन् । किनभने त्यसैको लागि त यो अमानवीय खेल खेलिएको हो । लाखौँ लाख मार्ने, आतङ्क फैलाउने र पृथ्वीलाई नै बन्द हुन बाध्य पार्ने अकल्पनीय हर्कत गरिएको हो ।