प्रतिनिधि सभा विघटनः स्वार्थ बाझिने प्रश्न उठेपछि न्यायाधीश हरिकृष्ण कार्की सर्वोच्च अदालतको संवैधानिक इजलासमा नबस्ने

प्रतिनिधि सभा विघटनः स्वार्थ बाझिने प्रश्न उठेपछि न्यायाधीश हरिकृष्ण कार्की सर्वोच्च अदालतको संवैधानिक इजलासमा नबस्ने


सर्वोच्च अदातल

प्रतिनिधि सभा विघटनविरुद्ध दायर रिटहरूको सुनुवाइका क्रममा आफूबारे प्रश्न उठेपछि एक न्यायाधीशले संवैधानिक इजलासमा नबस्ने निर्णय गरेका छन्।

केपी शर्मा ओलीको नेतृत्वमा अघिल्लो पटक गठन भएको सरकारका महान्यायाधिवक्ता रहेका हरिकृष्ण कार्की संवैधानिक इजलासमा बस्दा स्वार्थ बाझिने भन्दै वरिष्ठ अधिवक्ताहरूले प्रश्न उठाउँदै आएका थिए।

प्रतिनिधि सभा विघटनविरुद्धको सुनुवाइका लागि बुधवार प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले पुनः तोकेको संवैधानिक इजलासमा कार्कीलाई पनि राखिएको थियो।

तर बहसका क्रममा वरिष्ठ अधिवक्ताहरूले त्यसबारेमा प्रश्न उठाएपछि न्यायाधीश कार्की स्वयंले आफू उक्त इजलासमा नबस्ने जानकारी गराएका थिए।सर्वोच्च अदालतका सूचना अधिकारी देवेन्द्र ढकाल भन्छन्, “लिखित आदेश आइसकेको छैन। तर सम्बन्धित बेन्च अधिकारीका अनुसार आज इजलास तोकिनुभएका न्यायाधीशहरूमध्येमा हरिकृष्ण कार्कीले आफूले त्यो मुद्दा नहेर्ने भनेर ‘मरहित इजलासमा पेस गर्ने’ भनेर आदेश दिनुभएको छ। अबको सुनवाइ आगामी २९ गतेलाई तोकिएको छ।”



Source link