नेपालमा पहिलाे पटक स्वास्थ्यकर्मीमा काेराेना संक्रमण पुष्टि

नेपालमा पहिलाे पटक स्वास्थ्यकर्मीमा काेराेना संक्रमण पुष्टि

कपिलवस्तुमा मंगलबार थपिएका काेराेना संक्रमितमध्ये एक जना स्वास्थ्यकर्मी रहेकाे खुलेको छ ।

स्वास्थ्य मन्त्रालयकाे रिर्पोटमा कपिलवस्तु नगरपालिका- १ की २५ वर्षीय युवतीमा काेराेना संक्रमण पुष्टि भएकाे उल्लेख छ ।

उनी कपिलवस्तु अस्पताल तौलिहवाकी नर्स रहेकाे स्वास्थ्य निर्देशनालय प्रदेश ५ का प्रवक्ता रोशनलाल चौधरीले जानकारी दिए ।

नेपालमा स्वास्थ्यकर्मीमा काेराेना भाइरस (काेभिड-१९) काे संक्रमण पुष्टि भएकाे याे पहिलाे पटक हाे ।

यसैबीच, छिमेकी जिल्ला कपिलवस्तुमा संक्रमितकाे संख्या बढेसँगै अर्घाखाँचीले नाकाहरू सिल गरेकाे छ ।