नेपालगन्जमा एकैदिन १५ जनामा देखियो कोरोना, सन्क्रमित ७५ पुगे

नेपालगन्जमा एकैदिन १५ जनामा देखियो कोरोना, सन्क्रमित ७५ पुगे

आइतबार नेपालगन्जमा एकैदिन १५ जना व्यक्तिमा कोरोनाभाइरस (कोभिड १९) को संक्रमण देखिएको छ।

सुरुमा ९ जना व्यक्तिमा संक्रमण पुष्टि भएको थियो। थप ६ जनामा संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

योसँगै नेपालमा संक्रमितको संख्या ७५ पुगेको छ। आजै वीरगन्जका एकजना पुरुषमा पनि कोरोना संक्रमण देखिएको थियो। आइतबार मात्र १६ जना कोरोना संक्रमित थपिएका छन्।

नेपालगन्जमा देखिएका संक्रमितमध्ये ९ जना पुरुष र ६ जना महिला छन्। यसअघि नेपालगञ्ज उपमहानगर वडा नम्बर ८ का एक ६० वर्षीय पुरूषमा कोरोनाभाइरस पोजेटिभ देखिएको थियो।