देशभरका भूमिसुधार र मालपोत कार्यालय आइतबारदेखि खुल्ने

देशभरका भूमिसुधार र मालपोत कार्यालय आइतबारदेखि खुल्ने

काठमाडौ, २४ जेठ । देशभरका भूमिसुधार र मालपोत कार्यालय आइतबारदेखि खुल्ने भएका छन् । भूमि व्यवस्थापन तथा अभिलेख विभागले सूचना निकालेर आइतबारदेखि कार्यालय प्रमुख र आवश्यक कर्मचारीलाई उपस्थित गराई सेवा सुचारु गर्न भनेको छ ।

विभागको सूचनामा स्वास्थ्य सुरक्षा सतर्कता अपनाई आन्तरिक प्रशासन व्यवस्थापन तथा अन्य अत्यावश्यक सेवा सुचारु गर्न भनिएको छ । कोरोनाभाइरस महामारीपछि भएको लकडाउनका कारण बन्द मालपोत कार्यालय दुई महिनाभन्दा लामो समयपछि खुल्न लागेका हुन् ।