जनप्रतिनिधि क्वारेन्टाईनमा बस्न नमाने पछि जनता आन्दोलित , घरै घेर्न पुगे पछि वडा अध्यक्षले क्वारेन्टाईनमा राख्ने बचन दिए

जनप्रतिनिधि क्वारेन्टाईनमा बस्न नमाने पछि जनता आन्दोलित , घरै घेर्न पुगे पछि वडा अध्यक्षले क्वारेन्टाईनमा राख्ने बचन दिए

कन्चनपुर , १२ जेठ । कोरोना भाईरस रोकथामका लागि नेपाल –भारत दुवै देशमा लकडाउन गरिएको छ । कोरोना संक्रमण फैलिन नदिन दुई महिनादेखि लकडाउनका साथै सीमा क्षेत्रमा आवत जावत समेत पूर्ण बन्द गरिएको छ । विदेशबाट स्वदेश आउने कुनैपनि नागरिकले सुरक्षाका लागि क्वारेन्टाईन बस्नुपर्छ ।

विश्व स्वास्थ्य संगठनले पनि विदेशबाट आएका नागरिकको ईक्यूवेसन पिरियड १४ दिन अर्थात २१ दिनसम्म क्वारेन्टाईनमा राख्नुपर्ने हुन्छ । भारतमा अढाई महिना बसेर स्वदेश घर ९भीमदत्त नगरपालिका १२ -कञ्चनपुर आएकी भीमदत्त नगरपालिका १२ की सदस्य एव कार्यापालिका सदस्य द्रोपति भट्ट ९जोशी०ले क्वारेन्टाईनमा बस्न नमानेपछि स्थानीय आन्दोलित भएका छन् ।

तीन दिन अघि भारतको देहरादुनबाट फर्किएकी जनप्रतिनिधी द्रोपतिले क्वारेन्टाईनमा बस्न नमानेपछि स्थानीय आन्दोलित भएका हुन् । एक जिल्लाबाट अर्को जिल्लामा प्रवेस गर्दा पनि क्वारेन्टाईनमा बस्नुपर्ने भएपनि जनप्रतिनिधी जस्तो जिम्मेबार व्यक्ति नै क्वारेन्टाईनमा बस्न नमानेपछि स्थानीय आन्दोलित भएको हुन् । स्थानीय सन्तराज पन्तले भारतबाट आएर घरमै बस्ने कार्यले जोखिमका साथै चिन्ता बताएको बताए । ‘हामीले वहाँ जनप्रतिनिधीसंग क्वारेन्टाईनमा बस्न पटक पटक आग्रह गर्दा पनि मानेनन, ‘पन्तले भने, ‘त्यही भएर हामी स्थानीय जम्मा भएर आन्दोलनमा उत्रेका हौँ ।’

उनका अनुसार ऐरी चोकमा जम्मा भएका स्थानीयले जनप्रतिनिधीको घर घेर्न लागेपछि वडाध्यक्ष कृष्ण सिह देउपाले जसरी भएपनि उनी सहित घर परिवारका सदस्यलाई क्वारेन्टाईनमा राख्ने विश्वास दिलाएका थिए । ‘म द्रोपति लगायत घरका सबै सदस्यलाई क्वारेन्टाईनमा राख्न पहल गर्छु, ‘वडाध्यक्ष देउवाले भने, ‘कृपया तपाईहरु आन्दोलनबाट ब्याक हुनुहोस ।’ भीनपा १२वडासदस्य एव कार्यापालिका सदस्य द्रोपतिले वडाध्यक्ष देउपाले क्वारेन्टाईनमा सुविधा छ, भन्दै बोलाएर क्वारेन्टाईन तयारी नहुँदा एक्कै घरमा बसेको बताईन् ।‘मलाई शुरुमा वडाध्यक्ष ज्यूले तपाईका दुई घर छन, त्यही बस्नु भन्यो, ‘उनले भनिन, ‘अहिले आएर मलाई क्वारेन्टाईनमा राख्न दवाव दिदैछन, जनताले भनेपछि म आफै क्वारेन्टाईनमा बस्न तयार छु ।’

वडा सदस्यको घर क्वारेन्टाईन नजिकै भएकाले उनले सुविधायुक्त सवारी साधन मगाएकाले अध्यक्ष देउवाले कहाँबाट सुविधायुक्त सवारी साधन ल्याएर कसरी पठाउने चिन्ता रहेको व्यक्त गरेका छन् । यसरी जनप्रतिनिधी नै क्वारेन्टाईनमा बस्न आलटाल एव आफु बसेर आम जनतालाई सकारात्मक सन्देश दिनुको साटो भारतबाट आएर क्वारेन्टाईनमा बस्न अटेरी गर्दा स्थानीयले उनको टिकाटिप्पणी गरिरहेका छन् ।