तस्बिर स्रोत, SCIENCE PHOTO LIBRARY
मङ्गलवार नेपालमा १,३८२ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।
कुल ८९४७ जनाबाट सङ्कलित नमुनाको परीक्षण गर्दा त्यति सङ्ख्यामा सङ्क्रमित फेला परेका मन्त्रालयको तथ्याङ्क छ।
सो अवधिमा २३ जनाको कोभिड-१९ सँग सम्बन्धित कारणले मृत्यु भएको मन्त्रालयको तथ्याङ्कले देखाएको छ।
यो सँगै नेपालमा पुष्टि भएका सङ्क्रमितको कुल सङ्ख्या लगभग २,४३,३७७ पुगेको छ।
अहिलेसम्म देशभरि १,६३७ सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ।
मन्त्रालयद्वारा प्रकाशित विवरण अनुसार विगत २४ घण्टाको अवधिमा थप १,६२१ जना सङ्क्रमणमुक्त भएको उल्लेख छ।
अहिलेसम्म कुल दुई लाख २९ हजारभन्दा बढी सङ्क्रमित निको भएको मन्त्रालयको तथ्याङ्क छ।
गत कार्तिक ५ गते सर्वाधिक ५,७४३ जना सङ्क्रमित एकै दिन फेला परेका थिए।