कोरोना कहरः एकैदिन ८० हजार संक्रमित थपिए, अमेरिका र बेलायतको अवस्था भयावह

कोरोना कहरः एकैदिन ८० हजार संक्रमित थपिए, अमेरिका र बेलायतको अवस्था भयावह

कोरोना भाइरस (कोभिड–१९) को महामारीबाट ज्यान गुमाउनेको संख्या विश्वभर १ लाख ८ हजार नाघेको छ ।

पछिल्लो विवरण अनुसार १७ लाख ७९ हजार बढी व्यक्ति यो भाइरसबाट संक्रमित भइसकेका छन् ।

विगत २४ घण्टामा ८० हजार नयाँ संक्रमित थपिँदा ६ हजार व्यक्तिले ज्यान गुमाए ।

शनिबार अमेरिका र बेलायतमा सबैभन्दा बढी मृतक तथा संक्रमितको थपिएको छ ।

गएको २४ घण्टामा अमेरिकामा ३० हजार संक्रमित थपिँदा १८ सय ३० जनाले ज्यान गुमाएका छन् ।

योसँगै त्यहाँ संक्रमितको कुल संख्या ५ लाख ३२ हजार नाघ्दा २० हजार ५ सय जनाको मृत्यु भएको छ ।

त्यस्तै बेलायतमा शनिबार ९१७ जनाको मृत्यु हुँदा ५ हजार २ सय नयाँ संक्रमित भेटिएका छन् ।

योसँगै त्यहाँ ७८ हजार ९ सय व्यक्ति संक्रमित मध्ये ५ हजार २ सय व्यक्तिको ज्यान गइसकेको छ ।

गत डिसेम्बर चीनको वुहानमा देखिएको कोराेनाबाट विश्वका २१० देश प्रभावित भइसकेका छन् ।

आइतबार बिहानसम्म १७ लाख ७९ हजार संक्रमित मध्ये ४ लाख २ हजार व्यक्ति उपचारपछि निको भइसकेका छन् ।

कोरोनाबाट सबैभन्दा प्रभावित १० देशको पछिल्लाे अपडेट