कोरोनाभाइरसः संक्रमितको संख्या ७३ लाख ११ हजार ५९६ पुग्यो (कहाँ कति, सूचिसहित)

कोरोनाभाइरसः संक्रमितको संख्या ७३ लाख ११ हजार ५९६ पुग्यो (कहाँ कति, सूचिसहित)

काठमाडौंः चीनको वुहानबाट फैलिएको नोवेल कोरोना (कोभिड–१९) भाइरसका कारणबाट संक्रमित हुनेको संख्या ७३ लाख ११ हजार ५९६ जनामा संक्रमित भएको पुष्टि भएको छ ।

विश्व स्वास्थ्य संगठनले विश्वव्यापी महामारी घोषणा गरेको कोरोना भाइरसका कारण हालसम्म कोरोना भाइरसबाट ४ लाख १२ हजार ९९७ जनाको मृत्यु भएको छ । यस्तै, उपचारपछि घर फर्किने संख्या ३५ लाख ९४ हजार ८९९ जना पुगेको छ ।

हालसम्ममा कोरोना भाइरसका कारणबाट अमेरिकामा विश्वकै सबैभन्दा बढी संक्रमित देखिएका छन् । अमेरिकामा संक्रमित हुनेको संख्या २० लाख ४५ हजार ४८५ जना पुगेको छ । अमेरिकापछि ब्राजिलमा बढि संक्रमित देखिएको छ ।

अहिलेसम्म ब्राजिलमा ७ लाख ४२ हजार ८४ जना, रसियामा ४ लाख ८५ हजार २५३ जना, बेलायतमा २ लाख ८९ हजार १४० जना र स्पेनमा २ लाख ८९ हजार ४६ जनामा संक्रमण देखिएको छ ।

चीनको वुहानबाट सुरु भएको कोरोनाको संक्रमणबाट अमेरिकामा १ लाख १४ हजार १४८ जनाको मृत्यु भएको छ । यसैगरी, बेलायतमा ४० हजार ८८३ जना, ब्राजिलमा ३८ हजार ४९७ जना, इटालीमा ३४ हजार ४३ जना र फ्रान्समा २९ हजार २९६ जनाको मृत्यु भएको छ ।

हालसम्ममा अमेरिकामा ७ लाख ८४ हजार ६५९ जना उपचारपछि घर फर्किएका छन् । यसैगरी, ब्राजिलमा ३ लाख २५ हजार ६०२ जना, रसियामा २ लाख ४२ हजार ३९७, जर्मनीमा १ लाख ७० हजार २०० र इटालीमा १ लाख ६८ हजार ६४६ जना उपचारपछि घर फर्किएका छन् ।

चीनबाट सुरु भएको कोभिड–१९ अर्थात् कोरोनाभाइरसको संक्रमण नियन्त्रण गर्न सबै देशले विभिन्न उपाय अपनाएका छन् । तर उक्त संक्रमण र त्यसबाट हुने मृत्यु रोकिएको छैन् ।

कुन देशमा कति जना उपचारपछि घर फर्किए, कति जनामा संक्रमण र कति जनाको मृत्यु भएको छ ? हेर्नुहोस्ः

साभारः https://www.worldometers.info/coronavirus