कोरोनाभाइरसः मृत्यु हुनेको संख्या ३ लाख ७७ हजार १४८ पुग्यो (कहाँ, कति सूचिसहित)

कोरोनाभाइरसः मृत्यु हुनेको संख्या ३ लाख ७७ हजार १४८ पुग्यो (कहाँ, कति सूचिसहित)

काठमाडौंः चीनको वुहानबाट फैलिएको नोवेल कोरोना (कोभिड–१९) भाइरसका कारणबाट विश्वभर हालसम्म मृत्यु हुनेको संख्या ३ लाख ७७ हजार १४८ जनाको मृत्यु भएको छ ।

विश्व स्वास्थ्य संगठनले विश्वव्यापी महामारी घोषणा गरेको कोरोना भाइरसका कारण अहिलेसम्म कुल ६३ लाख ६१ हजार ८६२ जना संक्रमित भएको पुष्टि भएको छ । यस्तै, कोरोना भाइरस संक्रमित मध्ये २९ लाख ३४ जना उपचारपछि घर फर्किएका छन् ।

चीनको वुहानबाट सुरु भएको कोरोनाको संक्रमणबाट अमेरिकामा १ लाख ६ हजार ९२१ जनाको मृत्यु भएको छ । यसैगरी, बेलायतमा ३९ हजार ४५ जना, इटालीमा ३३ हजार ४७५ जना, ब्राजिलमा ३० हजार ४६ जना र फ्रान्समा २८ हजार ८३३ जनाको मृत्यु भएको छ ।

हालसम्ममा कोरोना भाइरसका कारणबाट अमेरिकामा विश्वकै सबैभन्दा बढी संक्रमित देखिएका छन् । अमेरिकामा संक्रमित हुनेको संख्या १८ लाख ५९ हजार ४२४ जना पुगेको छ । अमेरिकापछि ब्राजिलमा बढि संक्रमित देखिएको छ । अहिलेसम्म ब्राजिलमा ५ लाख २९ हजार १८ जना, रसियामा ४ लाख १४ हजार ८७८ जना, स्पेनमा २ लाख ८६ हजार ७१८ जना र बेलायतमा २ लाख ७६ हजार ३३२ जनामा संक्रमण देखिएको छ ।

हालसम्ममा अमेरिकामा ६ लाख १५ हजार ३०१ जना उपचारपछि घर फर्किएका छन् । यसैगरी, ब्राजिलमा २ लाख ११ हजार ८० जना, स्पेनमा १ लाख ९६ हजार ९५८ जना, रसियामा १ लाख ७५ हजार ८७७ र जर्मनीमा १ लाख ६५ हजार ९ सय जना उपचारपछि घर फर्किएका छन् ।

चीनबाट सुरु भएको कोभिड–१९ अर्थात् कोरोनाभाइरसको संक्रमण नियन्त्रण गर्न सबै देशले विभिन्न उपाय अपनाएका छन् । तर उक्त संक्रमण र त्यसबाट हुने मृत्यु रोकिएको छैन् ।

कुन देशमा कति जना उपचारपछि घर फर्किए, कति जनामा संक्रमण र कति जनाको मृत्यु भएको छ ? हेर्नुहोस्ः

साभारः https://www.worldometers.info/coronavirus