कोरोनाभाइरसः उपचारपछि घर फर्किने संख्या ३८ लाख ३४ हजार ३१६ पुग्यो (कहाँ कति, सूचिसहित)

कोरोनाभाइरसः उपचारपछि घर फर्किने संख्या ३८ लाख ३४ हजार ३१६ पुग्यो (कहाँ कति, सूचिसहित)

काठमाडौंः चीनको वुहानबाट फैलिएको नोवेल कोरोना (कोभिड–१९) भाइरसका कारणबाट विश्वभर हालसम्म उपचारपछि घर फर्किने संख्या ३८ लाख ३४ हजार ३१६ जना उपचारपछि घर फर्किएका छन् ।

विश्व स्वास्थ्य संगठनले विश्वव्यापी महामारी घोषणा गरेको कोरोना भाइरसका कारण अहिलेसम्म कुल ७५ लाख ८३ हजार ७४५ जना संक्रमित भएको पुष्टि भएको छ । यस्तै, कोरोना भाइरसबाट ४ लाख २३ हजार ८२ जनाको मृत्यु भएको छ ।

हालसम्ममा अमेरिकामा ८ लाख १५ हजार २६५ जना उपचारपछि घर फर्किएका छन् । यसैगरी, ब्राजिलमा ३ लाख ९६ हजार ६९२ जना, रसियामा २ लाख ६१ हजार १५०, इटालीमा १ लाख ७१ हजार ३३८ र जर्मनीमा १ लाख ७१ हजार २०० जना उपचारपछि घर फर्किएका छन् ।

हालसम्ममा कोरोना भाइरसका कारणबाट अमेरिकामा विश्वकै सबैभन्दा बढी संक्रमित देखिएका छन् । अमेरिकामा संक्रमित हुनेको संख्या २० लाख ८९ हजार ६२६ जना पुगेको छ । अमेरिकापछि ब्राजिलमा बढि संक्रमित देखिएको छ । अहिलेसम्म ब्राजिलमा ८ लाख ५ हजार ६४९ जना, रसियामा ५ लाख २ हजार ४३६ जना, भारतमा २ लाख ९८ हजार २८३ जना र बेलायतमा २ लाख ९१ हजार ४०९ जनामा संक्रमण देखिएको छ ।

चीनको वुहानबाट सुरु भएको कोरोनाको संक्रमणबाट अमेरिकामा १ लाख १६ हजार २९ जनाको मृत्यु भएको छ । यसैगरी, बेलायतमा ४१ हजार २७९ जना, ब्राजिलमा ४१ हजार ५८ जना, इटालीमा ३४ हजार १६७ जना र फ्रान्समा २९ हजार ३४६ जनाको मृत्यु भएको छ ।

चीनबाट सुरु भएको कोभिड–१९ अर्थात् कोरोनाभाइरसको संक्रमण नियन्त्रण गर्न सबै देशले विभिन्न उपाय अपनाएका छन् । तर उक्त संक्रमण र त्यसबाट हुने मृत्यु रोकिएको छैन् ।

कुन देशमा कति जना उपचारपछि घर फर्किए, कति जनामा संक्रमण र कति जनाको मृत्यु भएको छ ? हेर्नुहोस्ः

साभारः https://www.worldometers.info/coronavirus