कुटनीतिक विषयलाई राजनीतिकरण गर्दैमा भारतले घुंडा टेक्दैन्ः विजय जोली

कुटनीतिक विषयलाई राजनीतिकरण गर्दैमा भारतले घुंडा टेक्दैन्ः विजय जोली

काठमाडौँ । भारतीय जनता पार्टीका शीर्ष नेता विजय जोलीले चीनको आडमा नेपाल सरकारले कुटनीतिक विषयलाई राजनीतिककरण गरेर भारतबिरुद्धको प्रयोगमा लगाएको आरोप लगाउनुभएको छ । उहाँले नेपाल र भारतबीचको सम्बन्ध ओली सरकार आएपछि मात्रै स्थापित नभएको भन्दै तेस्रो मुलुकले चाहेर नेपाल भारतको सम्बन्ध नविग्रने बताउनुभयएको छ ।

जोलीले प्रधानमन्त्री ओलीले प्रयोग गरेको भाषाप्रति आपत्ति जनाउदै नेपालले चाहेको जमिन दिन भारतका लागि ठूलो कुरा नभएपनि कालापानी, लिपुलेक र लिम्पियाधुरा सुरक्षाका दृष्टिकोणले पनि भारतका लागि आवस्यक भएको बताउनुभयो । नेपाललाई एक इन्च जमिनको जति महत्व छ भारतलाई पनि चीन र तिव्यसँगको सुरक्षा त्यतिनै महत्वपूर्ण भएको उहाँको भनाइछ ।

उहाँले नेपाल र भारतबची पछिल्लो समयमा निकालिएको विवादको समाधान भारतले वार्ताबाटै गर्न चाहेको र यो विषयमा वार्ता कोरोना संक्रमको त्रास हटेपछि मात्रै हुने बताउनुभयो । कुटनीतिक भन्दा अरु बाटोले समाधान नआउने भएपनि अहिले विश्व आफना जनतालाई कसरी बचाउने भन्नेका केन्द्रि भएका बेला कालापानीको वार्तामा भारत बस्न नसक्ने दावी गर्नुभयो ।

जोलीले भन्नुभयो,‘यसको समाधान छ भने वार्ता मात्रै हो । यस्तो समयमा आएर नेपालले भारतमाथि आरोप लगायो । व्युरोक्याट तहमा कुरा हुन्छ । राजनीतिक गरेर केहि हुदैन । भारत छिमेकीसँग मित्रता चाहान्छ । नेपाललाई आफ्नो एक इन्च जमीन प्यारो छ भने भारतलाई पनि प्यारो छ । भारतको सुरक्षाको कारणले पनि यो भूभाग छोड्न मिलदैन । भारतले चीन तिब्तको तर्फबाट आउने खतराका लागि पनि छोड्दैन । जनता उक्साउने र मार्ने काम नगर्नुस । यी तिन भूभाग भारतका लागि आवस्यक छ । यसको दुरगामी असर पर्छ नेपालमाथि पर्छ । राष्ट्रियताभित्रबाट राजनीतिक गन्ध आइरहेको छ । भारतबाट आएको संक्रमण खतरनाक खसरी भयो’ ।

उहाँले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाली जनता प्रति सदैव सद्भाव राखेको र अहिले दुनियाँ बाच्नका लागि लडीरहेको समयमा भारतका प्रधानमन्त्रीले सहयोग गरीरहरहेको कुरा नेपालले विर्सिएको दावी गर्नुभयो । उहाँले भन्नुभयो,‘भारतले औषधी दिएको छ । नेपाली राजनेता र नेपाली प्रेसले नेपाली लनतालाई गुमरामा नराख्नुस । भारतको सहयो भएन भनेर नेपालका प्रधानमन्त्रीले भारतको कोरोना भाइरस कडा भन्ने’।

जोलीले भारतले जहिले नेपालको माटोलाई ढोग्ने गरेको र नेपाल भारतको जिवन भएकाले एक कालापानी त के १० कालापानी दिन पनि भारत तयार रहेको तर, कुटनीतिक वार्ता मात्रै स्वीकार गर्न सक्ने बताउनुभयो । आर्टिफिसियल नक्सा जारी गरेर नेपाल र भारतबीको सम्बन्धमा ओली सरकारको एक्लो आक्रमण नभएको दावी गर्नुभयो ।

जोलीले भन्नुभयो,‘भूकम्पमा पनि भारतले सहयोग गरेको हो । साना जमिनका लागि कुटनीतिकलाई राजनीतिमा बदलेर भारतलाई घुंडा टेकाउन खोजेको हो भने त्यो समपन पुरा हुदैन् । पछिल्लो तीन महिनामा नेकपामा जसरी विवाद भयो,त्यसमा खेल छ । सरकारले आफ्नो विरोध मोड्नका लागि यस्तो गरेको हो भन्ने भारतको बुझाइछ । नेपाल भारतबीरोधी अभियन चलाउन सम्भव छैन । नेपालको नेक्सा भारतले स्वीकार गर्दैन । नेपालको सरकारको भनाई मान्देैन्’ ।