अमेरीकी जनतालाई मर्न दिएर ब्यापारीको खल्ती भर्न र चुनाव जीत्ने दाउमा लागेका छन् ट्रम्प : नोम चोम्सकीको टिप्पणी

अमेरीकी जनतालाई मर्न दिएर ब्यापारीको खल्ती भर्न र चुनाव जीत्ने दाउमा लागेका छन् ट्रम्प : नोम चोम्सकीको टिप्पणी

बैशाख ३० एजेन्सी । विश्वका प्रशिद्ध समाजशास्त्री एवं विख्याव विष्लेषक नोम चोम्सकीले अमेरीकाका ठुलो संख्यामा नागरिकहरुको मृत्यु हुनुमा मुख्य दोषी राष्ट्रपति ट्रम्प रहेको तर्क गरेका छन् ।
चोम्सकीले चुनावी फाईदाका लागि व्यापारी तथा कारोबारीहरुको खल्ती भर्नका लागि अमेरीकीहरुको जीवन दाउमा लगाएको टिप्पणी समेत गरेका छन् । यति मात्र हैटे दुनियाका अरु हजारौंको मृत्यु हुनुमा पनि ट्रम्प दोषी छन् ।
ब्रिटिश अखबार ’द गार्जियन’ लाई दिएको एक अन्तवार्तामा उनले दशकके सबै भन्दा ठूलो स्वास्थ्य संकटको समयमा ट्रम्प देशका रक्षक भएको नाटक गरेर अमेरीकीहरुको पिठ्युमा छुरा रोपिरहेको बताए । पुनः राष्ट्रपति हुने सपना देखिरहेका ट्रम्पले धनी कारोबारीहरुको फाईदाका लागि हेल्थ केयर र संक्रामक बिरामीहरुको अनुसन्धानमा खर्च हुने अनुदान कटौती जस्ता कदम उठाएको चोम्सकीको दाबी छ । “ यस्तो काम ट्रम्पले आफ्नो कार्यकालको हरेक बर्ष गर्दै आईरहेका छन् । उनले संस्थाहरुमा सरकारी अनुदान कटौती गर्दै मानिसहरुलाई जति खतरामा पार्न सकिन्छ , पारदिने काम भईरहेको छ, यसो गर्नुको पछाडीको कारण भनेको धनी र व्यापारीहरुको नाफा बढाउनु नै हो । ” चोम्सकीले भने ।
उनले भाईरस विरुद्ध लड्ने काममा राज्यका गभर्नरहरुलाई छाडेर ट्रम्प आफुनो कर्तव्यबाट मुन्टो फर्काएका छन् , मानिसलाई मर्न दिने र चुनावी राजनीति चम्काउने तिर ट्रम्पको रणनीति देखिन्छ ।
चोम्सकीेले अगाडी भने अमेरीकीहरु मात्रै हैन दुनियाँका अन्य हजारौ मानिसको मृत्युमा समेत ट्रम्प दोषी छन् । अमेरीकी नागरिक विरुद्ध आफ्नो अपराध छुपाउन ट्रम्पले कसै न कसैलाई बलिको बोका बनाउदै छन् । चोम्सकीले विश्व स्वास्थ्य संगठनको अनुदान रोक्ने ट्रम्पको फैसलाले यमन र अफ्रीकी महादेशमा कैयौ मानिसको मृत्यु हुनेछ ।
युरोपेली युनियनबारे पनि उनले बोलेका छन् । उनले ईयूको भूमिकामाथि प्रश्न खडा गरेका छन् । महामारीको यो बेला ईयुले आफ्नो भूमिका निर्वाह नगरेको बताएका छन् । यसले युरोपेली मुद्रा ब्लकलाई अलग थलग गर्न सक्ने चेतावनी पनि चोम्सकीले दिए ।
“ मलाई लाग्दैन कि युरोजोनले यो संकटलाई सजिलै पार लगाउछ भनेर । ५ सय ४० अर्ब युरोको आपतकालीन प्याकेज पर सहमति भए पनि कसले कति पैसा हाल्ने भनेर सदस्यहरुबीच विवाद छ । ईटाली र स्पेन सबै भन्दा बढी महामारीको शिकार भएका बेला अपेक्षाकृत युनियनबाट सहयोग पाउन सकेनन् ” । चोम्सकीले भने ।