अब पनि प्रतिरक्षामा उत्रनु … ?

अब पनि प्रतिरक्षामा उत्रनु … ?
( दुर्गा पंगेनी )
हामी कतिसम्म अन्धभक्त हुने त्यसमा भर पर्छ, मलाई सरकार जो सुकैको होस खवरदारी गर्न मन पर्छ अब कसैलाई रखवारी गर्न मन पर्छ भने मेरो भन्नु केही छैन गर्ने छुट छ !
लगभग प्रमाणित भयो की,उप प्रमका छोरा र प्रमका सल्लाहकारका छोराको कम्पनि मार्फत पिपिई खरिदमा सकेसम्मको चलखेल हुँदैथियो-अबपनि त्यो कामको प्रतिरक्षामा उत्रनु मेरो नजरमा राजनैतिक संस्कार हुन सक्दैन।
यो परिस्थितीमा देउवा,रामचन्द्र, विश्वप्रकाश, गगन थापा या जोसुकै भएको भएपनि मेरो ओपिनियन यही हुन्थ्यो।पिपिई खरिद मा गलत नियतले कम्पनि चयन गरिएको थियो…. बस..!
अब गाली गलौचमा उत्रनु प्रोटेक्सनमा उत्रनु नेताको रखवारी गरेर सस्तोमा सामान दिन्छु भनेका एनआरएन लाई गाली गलौज गर्नु यि यावत कुराहरु निजि सोचाई र बुझाईमा भर पर्ने कुरा हुन-त्यो गरिरहेका त्यसैमा रमाईरहुन ।
मेरो एकमात्र बुझाई-हामी जनता भनेको सत्ताधारीको अन्धभक्त होईन आलोचक हुनुपर्दछ चाहे जो सुकैको सरकार आओस म सधैँको आलोचक रहिरहनेछु । म कमजोरी हरु खोजेर त्यसलाई उठाउने छु र खवरदारी गर्नेछु किनकी सकारात्मक कुरा त यसै ठिक हुन्छ त्यसमा सरकारलाई स्यावासी दिईरहन पर्दैन किनकी त्यो उसको दायित्व हो काम हो उ सहि काम गर्न भनेर गएको हुन्छ र सही काम गर्दा उसलाई स्याबास भनिरहनु पर्दैन त्यो उसको ड्युटी हो।
गलत भईरहदा गलत भन्न नसक्ने त्यती बोल्ने आँट पनि नआउने जिन्दगी पनि के जिन्दगी र.. किन गर्ने र सत्ताधारीको चाप्लुसी? के पाउनको लागि गर्ने?
रगत पसिना बगाएर केही न केही आफै कमाएरै आफ्ना केट्केटी पालेर आफ्नै खुट्टामा उभिएका हामीले कसैको चाकडी गर्नुपर्ने मानसिकता अझै बोकिरहेछौँ यही हाम्रो दुर्भाग्य हो।
म यि सबै चाप्लुसी बाट टाढा छु, मतदाता हुँ, देशको भलो चाहने नागरिक हुँ, जसले गलत गर्छ उसको आलोचना गर्ने मेरो धर्म हो-हस्त !!
(पंगेनीको अनुमतिमा फेसबुक बाट साभार गरियको हो )