अनुज्ञा बनिन् मिस एसएलसी

सुरुङ्गा (झापा), ६ जेठ । ड्रिम्स वल्ड इन्टरटेन्मेन्ट प्रालिले आयोजना गरेको मिस एसएलसीको उपाधि अनुज्ञा रेग्मीले जितेकी छिन् ।

बिर्तामोडमा गएराति सम्पन्न भएको प्रतियोगितामा २२ जना प्रतिस्पर्धीलाई पछि पार्दै उनले उपाधि जितेकी हुन् । उपाधिसँगै उनले नगद रु ५० हजार र प्रमाणपत्र हात पारेकी छिन् ।

त्यस्तै, फस्ट रनर अप श्रद्धा प्रसार्इं र सेकेन्ड रनर अप एलिसा कार्की घोषित भए । प्रसाईंले नगद २० हजार र कार्कीले नगद १५ हजारसहित प्रमाणपत्र हात पारेका छन् । रासस